नवलपरासी , ३ पुस
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजना समितिको आयोजनामा शनिवार खानेपानीको मुहान अवलोकन गरिएको छ ।
बर्दघाट–४ को उत्तर चुरे क्षेत्रमा रहेको मुहानको सरोकारवालाहरुले अवलोकन तथा निरीक्षण गरेका हुन् ।
संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना समितिका संयोजक दीपक लम्सालको नेतृत्वमा गएको टोलीले खानेपानी स्वच्छ हुन मुहान देखि मुख सम्म स्वच्छता कायम हुनुपर्ने भन्दै त्यसमा संस्थाले थप गर्नुपर्ने काम सम्बन्धमा सहभागीहरुले सुझाव समेत दिनुभएको थियो ।
सो अवसरमा बर्दघाट नगरपालिकाका संस्थापक नगर प्रमुख धीरज शर्मा बस्याल , वडा नं ४ का वडाध्यक्ष बेदविना तिवारी, संस्थामा अध्यक्ष धातानन्द बस्याल , जिल्ला समन्वय समिति सदस्य इन्दिरा नेपाली , वडा सदस्यहरु जनक रावल, राजेन्द्र गौतम, मन्जु चालिसे , इन्जिनियर शेषकान्त पाण्डे, पूर्व अध्यक्ष कमानसिं थापा , सिद्धीविलास हमाल, पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी , बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतमलगायत सहभागी रहेको ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी गराउनुभयो ।

कार्यक्रममा संस्थामा पदाधिकारी, कार्यसमिति सदस्य तथा खानेपानी सुरक्षा योजना समितिका सदस्यहरु सहभागी रहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

