Rashtriya Dainik

कोलवृक्ष बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , ३ पुस
पश्चिम नवलपरासीको सरावल १ मा रहेको कोलवृक्ष बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा शनिबार सरावल १ पट्खौलीमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष चेत नारायण चौधरीको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष सुखारी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले देशको तिन खम्बे अर्थनिति मध्य सहकारी पनि प्रमुख रहेको हुदा सहकारीले आफ्ना सदस्यहरुका मात्र हित नगरि राष्ट्रमै योगदान पुर्याउने बताउनुभयो । सहकारी भनेको घरकै भकारी जस्तो भएको हुदा विशेष गरि महिलामैत्री सहकारीले महिलाको आय आर्जन र जिविकोपार्जका साथै नेतृत्व विकासमा समेत टेवा पुग्ने हुदा यस सहकारीले धेरै महिलाहरुलाई समेटी अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा वडा नम्बर १ का पुर्व वडाध्यक्ष भेष नारायण चौधरी, समाजसेवी ओम प्रकाश चौधरी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिबेदन सस्थाका अध्यक्ष चेत नारायण चौधरीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको बार्षिक प्रगती नीति तथा कार्यक्रमको सचिवको प्रतिवेदन संस्थाका सचिव प्रल्हाद पासी प्रस्तुत गर्नुभएको थियो । साथै सस्थाको कुल ६ करोड ७४ लाख ५० हजार ६ सय ८४ रुपिया बरबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाका कोषाध्यक्ष सञ्जय कुमार काजीले सस्थाले कुल ४० लाख ५० हजार २ सय ९० रुपिया शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि सस्थाको लेखा प्रतिबेदन लेखा समयोजक देव नारायण चौधरीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सस्थाका पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लागएत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष नरविरेन्द्र चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव प्रल्हाद पासीले गर्नुभएको थियो । २०६६ सालमा स्थापना भएको यस सहकारीलेसरावल गाउपालिका वडा नम्बर १, २ र ३ लाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रदान रहेको यस सहकारीमा ५ सय ३८ जना शेयर सदस्यहरु आबद्ध रहेका छन । सो अवसरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि चेतनारायन चौधरीको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा नरबिरेन्द्र चौधरी, सचिव प्रहलाद पासी, कोषध्यक्ष संजय कुमार काजी लगाएत रहनुभएको छ । त्यसैगरी अधिवेशनले लेखासमिती पबि सर्वसम्मत चयन गरेको छ । जसको सयोजकमा कृष्ण चौधरी लगाएत सदस्यहरु रहेका छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित