रुपन्देही , २ पुस
सियारी बचत तथा ऋण सहकारी लिमिटेड सियारी ६ बर्दहवाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिबार सत्कार होटलमा भएको कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै घिमिरेले सहकारीहरु सस्थाहरु उद्देश्यअनुरुप सञ्चालन हुनुपर्ने बताउनुभयो ।बचत तथा लगानी गर्ने सहकारी बचत र ऋण लगानीमा केन्दृत र कृषि सहकारी किसानहरूको समस्या समाधान,किसानहरुको जिवनस्तर सुधार गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष घिमिरेले सहकारी संस्थाको थप प्रवद्धनका निम्ति गाउँपालिकाभरका सहकारी विकास सम्बन्धि तालिम तथा अभिमुखीकरण सञ्चालन गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाले गाउँपालिकाले किसानहरुको पहिचान तथा वर्गीकरणका लागि किसान सहुलियत कार्ड गाउँपालिकाले उपलब्ध गराउने बताउने भयो ।
जिल्ला सहकारी संघ रुपन्देही कोषाध्यक्ष दामोदर पङ्गेनीले सहकारीका सदस्यमैत्री,विमा जोखिम हस्तान्तरण गर्ने कार्यक्रम स्वागतयोग्य भएको बताउनुभयो ।
बचतलाई वृद्धि गर्नका लागी पुजीनिर्माण गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।उहाले विश्वअर्थतन्त्रको प्रभावले विगतको वर्षमा जस्तो तरलता बढी नभएको बताउदै अहिलेको वर्षमा तरलता अभावमा भएको बताउदै संयम भएको अगाडि बढाउनुपर्ने बताउनुभयो ।


निष्ठा बचत तथा ऋण सहकारी ब्यवस्थापक प्रेम गोदारले सस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।
सहकारी उपाध्यक्ष टिकाराम रानाभाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विक्रम भुजाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन र लेखासंयोजक धर्मराज यादवले लेखा सुपरिवेक्षण प्रतिवेदन, कोषाध्यक्ष धमेन्द्र थापाले आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्षमा १ करोड १८ लाख ९४ हजार ९ सय शेयर पूँजी तथा ४ करोड ७ लाख ३७ हजार ९ सय ४६ कर्जा लगानी गरि २ करोड ७६ लाख २२ हजार २२ बचत संकलन गरेको छ।
सहकारीले ३७ लाख २९ हजार ४२ रुपैयाँ नाफा कमाउन सफल भएको छ। हाल सस्थामा ६७२ जना सेयर सदस्य रहेका छन। सहकारीले विभिन्न विधामा सहकारीका सेयर सदस्य सम्मान समेत गरेको छ।
कार्यक्रम सहकारी अध्यक्ष विक्रम भुजाको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता,सहकारी संघ रुपन्देही कोषाध्यक्ष दामोदर पङ्गेनी विशिष्ट आतिथ्यता तथा सहकारी सचीव राजन चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

