उमेश बि.क / नवलपरासी , २ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ रामपुर खडाैना स्वास्थ्यचाैकी पुसाैलीमा निःशुल्क चर्म रोग (छाला) सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सरावल गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा भएको शिविरमा १ सय ९५ जनाको स्वास्थ्य परिक्षण गरिएको र सो मध्य १ जना संकास्पद कुष्ठरोगी फेला परेको सरावल स्वास्थ्यचाैकी प्रमुख सुमन पन्तले जानकारी गराएका छन।

शिविरमा छालाराेग बिशेषज्ञ डाक्टर शर्मिला त्रिपाठी र मेडिकल अधिकृत डाक्टर बिष्णु बि.ककाे नेतृत्वको चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा चेकजांच गराउने मध्ये १ जनामा संकास्पद कुष्टरोगी भेटेको छ। निशुल्क चर्मरोग छाला शिबिरमा चेकजाच गराउने रोगीहरुलाई अौषधी समेत बितरण गरेको थियोे ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

