ज्ञानेश्वर सहानी / नवलपरासी ,१ पुस
पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा सुत्केरी गराउन लगिएकी महिलाको नवजात शिशुको मृत्यु भएपछि शुक्रबार अस्पताल तनावग्रस्त बनेको थियो ।
चिकित्सकको लापरवाहीका कारण रामग्राम नगरपालिका वडा न. २ की गर्भावती महिलाकाे असाेज २४ गते अपरेसन गर्दा नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अाज अस्पताल प्रशासन घेराउ गरेका थिए ।

घट्ना असाेज २४ गते काे हाे । रामग्राम २ दुर्गाटाेल परासी निवासी राजवन्ति हरिजनलाई सुत्केरी गराउन पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियोे ।
अप्रेसन गर्दा चिकित्सकको लापरवाहीका कारण गलत अप्रेसन गरेपछि नवजात शिशुको मृत्यु भएको पिडित महिला हरिजनले बताउनु भएको हाे। अपरेसन गर्दा भित्रका अर्कै नसा काटिएपछि डाक्टरले एम्बुलेन्स बाेलाई रिफर गरेकाे पिडितका परिवारले बताए ।
गर्भावती महिलाकाे अपरेसन गर्दा अर्कै नसा काटिपछि अस्पतालमा विवाद हुदा अस्पताल र पिडित परिवारबिच जनप्रतिनिधिहरुकाे राेहबरमा क्षतिपूर्ति दिइनेगरी अापसि सम्झौता भएको पिडित महिलाका परिवार दुधई हरिजनले बताए ।
महिलाकाे दिन प्रतिदिन अवस्था गम्भीर हुँदै गएकाे अवस्थामा पिडित परिवारले पृथ्वी चन्द्र अस्पतालका डाक्टरले उपचार खर्च नदिएपछि अस्पतालमा शुक्रबार विराेध प्रदर्शन गरिएकाे थियो ।
पश्चिम नवलपरासीका पृथ्वी चन्द्र अस्पतालमा प्रत्येक वर्ष डाक्टरहरूकाे लापर्वाहीका कारण बिरामीकाे मृत्यु भएकाे स्थानीय बताउछन ।

पृथ्वी चन्द्र अस्पतालमा पिडित सहित स्थानियहरूकाे विराेध प्रदर्शनमा पृथ्वी चन्द्र अस्पतालमा नेपाल प्रहरी र शस्त्र प्रहरी बलले अस्पतालका डाक्टरहरूलाई सुरक्षा गरेकाे हाे ।
विराेध प्रदर्शन चर्किदै जादा नेपाल प्रहरी र शस्त्र प्रहरीले अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदा र अस्पतालका ब्यवस्थापक समितीका अध्यक्ष महेन्द्र गुप्तालाई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन ।
जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा डाक्टरले पिडित परिवार उपचार खर्च दिने सहमती भएकाे पिडित महिलाका परिवार दुधई हरिजनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

