Rashtriya Dainik

बिमा प्राधिकरणको निर्णय प्रति केरा उत्पादक संघकाे आपत्ती

नवलपरासी , १ पुष ।

केराको विषयमा बिमा प्राधिकरणको बिमा कम्पनीलाई निर्देशन प्रति केरा उत्पादक संघले आपत्ती जनाएको छ ।

नेपाल बिमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।

नवलपरासीका केरा किसानहरु विगतका बर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिईरहेका बेला बिमा प्राधिकरणको प्रति हेक्टर १९०५ बोट मात्र केरा बोट लगाएकोलाई बिमा गर्ने निर्णय प्रति संघको ध्यानकर्षण भएको संघका अध्यक्ष लख्खु यादवले बताए ।

बाली तथा पशुधन बिमाकोष व्यवस्थापन समितिको यहि मंसिर १५ गतेको बैठकले प्रतिबोट लागत २७५ र प्रति हेक्टर १९०५ बोट केरा लगाउने निर्णयलाई बिमा प्राधिकरणले सबै निर्जिवन बिमक कम्पनीहरुलाई त्यो निर्णय कार्यान्वय गराउन मंसिर १८ गते निर्देशन दिएपछि संघले त्यस निर्णय र निर्देशन प्रति कडा आपत्ति जनाएको संघका अध्यक्ष लख्खु यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

उखुको विकल्पमा जिल्लामा फस्टाएको केराखेती तर्फ कृषकहरु आकर्षित भई प्रति हेक्टर २५ सय देखि ३०० हजार सम्म बोट लगाई राम्रो प्रतिफल लिईरहेका बेला यस्तो निर्णय आउदा यहाँका किसानहरु थप चिन्तित बनेका छन् ।

जिल्लाको सुस्ता, प्रतापपुर, सरावल गाउँपालिका र पुर्वी नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिकाका केरा किसानहरु केरा खेती गर्दै आएका छन् । केरा खेतीमा विभिन्न प्रकोपबाट केराबोट र फल नोक्सान हुने हुँदा केराबालीको बिमाका लागि सरकारले तोकेको प्रोडेन्सियल बिमा कम्पनीले समयमा केराबोट र बालीको बिमा नगर्दा किसानहरु समस्यामा परेको कुरा यस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त बिमा कम्पनीलाई विगत ६ बर्षदेखि बिमाका लागि तोकदा गर्दा पनि बिमा कम्पनीले किसान र संघलाई बेवास्ता गर्दै किसानलाई पिडित बनाएको विज्ञप्तीमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित