Rashtriya Dainik

विपन्न सिमान्तकृत तथा अल्पसंख्यक समुदायको मानव अधिकार अवस्था अन्तरक्रिया

राष्ट्रिय दैनिक / नवलपरासी , १ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा विपन्न सिमान्तकृत तथा अल्पसंख्यक समुदायको मानव अधिकार अवस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय मानव अधिकार अायाेग लुम्बिनी प्रदेश कार्यालयकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा कार्यक्रम भएको हाे।

राष्ट्रिय मानव अधिकार अायाेग लुम्बिनी प्रदेश अधिकृत इन्द्रजित सहानीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले विपन्न सिमान्तकृत तथा अल्पसंख्यक समुदाय मध्ये मुसहर जाति सरावलमा निकै पछाडि परेकोले वहाँहरुकाे जिवनस्तर उकास्नकाे लागि अगामि दिनमा बजेट बिनियाेजन गरि काम अगाडि बढाउने बताउनु भएको हाे। जिवनस्तर नाजुक रहेको र शिक्षा , स्वास्थ्य लगाएतको मुख्य समस्या रहेकोले उनिहरुलाई मुलधारमा ल्याई समस्या समाधान गर्न पालिकाबाट विशेष पहल गर्ने प्रतिबद्धता गर्नुभएको हाे।

नेपाल सरकारका विभिन्न निकायबाट नागरिकहरुले सेवा सुविधा पाएकाे छ कि छैन ? नागरिकले पाएकाे सेवा सुविधा रेकर्ड छ कि छैन ? त्यसको अनुगमन गरि नेपाल सरकारलाई सिफारिस गर्ने उद्देश्यले कार्यक्रम गरिएको राष्ट्रिय मानव अधिकार अायाेग लुम्बिनी प्रदेश कार्यालयकाे सहायक प्रथम अजित कुमार ठाकुरले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिकामा १०३ जना मुसहर जाती रहेका तथ्यांक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीबाट विभिन्न प्रश्नकाे जवाब पालिका अध्यक्ष , वडा अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार अायाेग लुम्बिनी प्रदेश अधिकृत इन्द्रजित सहानीले दिनुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष विष्णु प्रसाद भट्टराई , नम्बर २ कार्यवाहक अध्यक्ष तुफानीलाल गुप्ता ,वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चौधरी, वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनिया, मुसहर समुदायको ब्यक्ति एवं सन्चारकर्मि , नागरिक अगुवा तथा कर्मचारीहरुकाे उपस्थित रहेको राष्ट्रिय मानव अधिकार अायाेग लुम्बिनी प्रदेश कार्यालयकाे सहायक प्रथम अजित कुमार ठाकुरले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित