Rashtriya Dainik

मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइयो

काठमाडौं : मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगले मधेशी समुदायको थर सूचीकरण २०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो।

थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभालगायात दर्जनौं संघ-संस्था मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन निवेदन दिएपछि हटाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिएका छन्।

आयोगका अध्यक्ष डा.दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै ‘हामी मधेसी होइनौं’ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताए।

मधेशी आयोगको उपसचिव सबिता डंगोलले बिहीबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले सार्वजानिक रुपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको बताएपछि मधेशीको सूचीबाट हटाएको जानकारी गराएकी छन्।

उनका अनुसार आयोगको यही मंसिर २० गतेको बैठकले सूचिकृत समूहबाट मुस्लिम र थारुलाई हटाउने निर्णय गरेको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित