रंजित चौरसिया, पर्सा १ पौष ।
जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोलि प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीले जिल्लामा चान्दा आतन्क मचाएका छन । स-साना खुदरा ब्यपारीका साथ साथै ठुला बडा तस्करहरू सङ्ग समेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कार्कीको बिषयमा उजागर भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलिको नाममा एक प्रहरी संगठन खडा गरेको र कुनै किसिमको अपराधी क्रियाकलापका साथ साथै अबैध क्रियाकलापको बिषयमा खबर आउनसाथ तुरून्तै घटना स्थलमा पुग्ने गरेको भनिएपनी आफ्नो वर्दीको आडमा प्रहरी हवलदार कार्कीले कमाइ खाने भाडो बनाएका छन । बिरगंजको भंसार, इनर्वा,नगवा,ईनर्वा गाउँ,भकुवा, छपकैया, श्रीसिया, अलौ, लगायत विभिन्न नाकाबाट खुल्याम तस्करी गराउन क्यू आर टी टोलिका प्रमुख कार्कीको अहम भुमिका रहेको बुझिन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो कार्य क्षेत्र भित्र कडा रूपले निगरानी बढाउन क्यू आर टी टोलिका प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्की लाइ जिम्मेवारी दिएपनी आफनै हाकिमको आदेशलाइ खिल्ली उडाउदै कार्कीले कमाइ खाने भाडो बनाएको केही प्रमाणहरू फेला परेको छ ।
प्रहरी हवलदार कार्कीले विभिन्न तस्कर सङ्ग गरि मासिक २० लाख भन्दा बढी रकम उठाउने गरेको श्रोतको दाबी रहेको छ ।
सीमा नाकाबाट तस्करी गराउन सिपालू रहेका प्रहरी हवलदार सुरेन्द्र कार्कीले आफ्नो वर्दीका साथ साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको समेत धज्जी उडाएको पाइन्छ । तसर्थ : यस्ता गतिविधिलाई बढावा दिने प्रहरी हवलदार सुरेन्द्र कार्की माथी प्रहरी उपरीक्षक बस्नेतको ध्यान जान अति अवाश्यक देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

