Rashtriya Dainik

पर्सा प्रहरीकै संरक्षणमा छपकैया हुदै व्यापक तस्करी, तस्करीको रकम उठाउन घुमुवा परिचालन

वीरगंज १ पौष । तस्करी धन्दामा व्यापक नाम कमाएको छपकैया नाकाबाट प्रहरीकै सहयोग र संरक्षणमा पुनः तस्करी धन्दा मौलाएको बुझिन्छ । सिमा प्रहरी चौकी छपकैयाकै मिलोमतोे र संरक्षणमा उक्त नाका हुदै पुनः तस्करीको धन्दा सुचारु भएको हो ।
सिमा प्रहरी चौकीका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक अशोक बस्नेतकै निर्देशनमा तस्करी संचालन हुनुको साथै तस्करी वापत रकम उठाउनको निम्ति प्रहरी हवलदार मोहन यादवलाई परिचालन गरिएको बारे व्यापक चर्चाको बिषय बनेको छ । आफ्नो पद र पावरको प्रयोग गर्दै सिमा प्रहरी चौकी मातहात पर्ने नाकाहरुबाट व्यापक रुपमा तस्करी धन्दा चलाएको बारे स्थानीय श्रोतले नै जनाएका छन । उनका अनुसार केही स्थानीय समेत तस्करी धन्दामा संलग्न रहेको कारण आफ्नो नाम गोप्य राख्ने सर्तमा तस्करी धन्दाको संरक्षक प्रहरी नै भएको बताए ।
सिमा प्रहरी चौकीका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक अशोक बस्नेत तस्करीको रकम उठाउन घुमुवा नै परिचालन गरेका छन । प्रहरी हवलदार मोहन यादवलाई घुमुवामा परिचालित गरी तस्करी धन्दाको अवैध रकम उठाउन थालिएको श्रोतको दावी रहेको छ । श्रोतका अनुसार रातिको समयमा प्रहरी हवलदार मोहन यादव गस्तिको नाममा तस्करीको मालसमान स्कटीङ समेत गर्ने गरेको स्थानीय बताउछन । अगाडी अगाडी प्रहरी हवलदार यादवको मोटरसाइकल पछि पछि तस्करीको मोटरसाइकल हुने गरेको समेत स्थानीय श्रोतले बताए । उनका अनुसार स्थानीय प्रहरी चौकीदेखी जिल्ला प्रहरी कार्यालय पर्साका केही कर्मचारीहरुकै सहयोगमा तस्करी धन्दा चलिरहेको बारे जानकारी गराए । यता यस बिषयमा सिमा प्रहरी चौकी छपकैयाका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक अशोक बस्नेत संग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित