Rashtriya Dainik

नेपाल पत्रकार महासंघ नवलपरासीको बाह्रौँ बार्षिक साधारणसभामा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १ पुस

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको बाह्रौँ बार्षिक साधारणसभामा बिहीबार सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्ष हरि शर्माकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टकाे प्रमुख अातिथ्यतामा भएको साधारणसभालाई सम्बाेधन गर्दै बरिष्ठ उपाध्यक्ष विष्टले पछिल्लो समय नेपाली पत्रकारितामा विश्वसनियतामा ह्रास आएको बताउँदै त्यसलाई जोगाउन आवश्यक रहेको बताउनु भएको छ ।बरिष्ठ उपाध्यक्ष विष्टले छापा माध्यमको अस्तित्व जोगाउन अप्ठेरो हुने स्थिती सिर्जना भएको बताउनुभयो ।
टेलिभिजन क्षेत्रको विज्ञापन बजार पनि घटेकोले पछिल्लो समय मुख्य सञ्चार माध्यम भन्दा सामाजिक सञ्जालहरुमा छिटो सूचना प्रवाह हुने तर, आधिकारिक नहुने गरेको बताउनुभयो । विष्टले विसं २०५१ सालमा श्रमजीवी पत्रकार ऐन आएर २०६५ सालबाट मात्रै लागू भएको भएतापनि नेपालको श्रम अभ्यास निकै कमजोर रहेको धारणा राख्नुभएको थियो । उहाँले विज्ञापन बोर्ड प्रभावकारी नभएको र ‘क्लिन फिड’को लाभ पनि लिन नसकिएको धारणा राख्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारको सुरक्षा विमा प्रभावकारी रुपमा लागु हुनुपर्ने बताउनुभएको थियो ।

महासंघका नवलपरासी अध्यक्ष हरी शर्माले महासंघले पुस्तकालय निमार्णको पक्रिया अगाडी बढाएको बताउनुभएको थियो ।

साधारणसभामा दौतरि एफ.एम.का पूर्वस्टेशन म्यानेजर तथा प्रेस सेन्टर नेपाल नवलपरासीका निर्वतमान अध्यक्ष स्व. घनश्याम पोखरेल (राजु) जिवनविमा वापतको रकम उहांकी धर्मपत्नीलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण समेत गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित