Rashtriya Dainik

बर्दघाट नगरपालिकाद्वारा खाेरेत रोग बिरुद्धको खोप लगाउने कार्य तीब्र

नवलपरासी ,१ पुस
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाले पशुहरुमा लाग्ने खोरेत रोग बिरुद्धको खोप लगाउने कार्यलाई तीब्र बनाएको छ ।


शाखाले सात जना पशु सेवा प्राबिधिकहरुलाई कृषकको घरगोठमा खटाउदै खोरेत बिरुद्धको अभियान संचालन गरेको हो ।
शाखाले चालु आर्थिक बर्षका १० हजार निशुल्क खोप लगाउने शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो ।
खोरेत गाई भैसी तथा बंगुरमा लाग्ने रोग हो । यसको न्युनीकरणमा लागि शाखा लागि परेको लम्सालको भनाई छ ।
नगरपालिकाका १६ वटा वडामा भ्याक्सिनेटरका लागि कार्यविभाजन समेत गरिएको शाखाले जनाएको छ । शाखाले वडा नं १४ र १५ को लागि अभिशेक लामिछाने ,२ , ६ र ४ लाई रमेश पाण्डे, ३, ५ र ४ लाई रामप्रसाद पौडेल , १ र १५ वडालाई दिनानाथ ढकाल ,८ र ९ लाई लेखनाथ बस्याल , वडा १० र ११ लाई खिमलाल ढकाल र १२,१३लाई भिमबहादुर थारुलाई खटाइएको शाखाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित