कपिलवस्तु , २९ मंसिर
कपिलबस्तुको मायादेवी गाउँपालिकामा सुचनाको हक प्रयोग गर्दा पत्रकारलाई र्दुब्यबहार गर्ने हाकिमले माफी मागेका छन् । पालिकामा हुने गरेको ढिलासुस्ती तथा अनियमितताबारे जनगुनासो बढ्दै गएपछि तथ्यपरक रुपमा सूचनाको माग गर्दा कार्यालय हाताभित्रै पत्रकारलाई र्दुब्यबहार गर्ने मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले माफी मागेका हुन् ।
नेपाल टेलिभिजन कपिलबस्तु संवाददाता पत्रकार बासुदेव बर्मा (अजय)लाई कार्यालयमै गालीगलौच र र्दुब्यवहार गर्ने मायादेवी गाउँपालिकाका प्रप्रअ प्रमेश्वर यादवले बुधबार दिउसो पत्रकार महासंघको कार्यालय तौलिहवामा उपस्थित भई माफी मागेका हुन् । यादवले आफु आवेशमा आएर पत्रकार बर्मालाई गालीगलौच गरेको भन्दै माफी मागेका हुन् ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सभापति किरणमान बज्राचार्य, कोषाध्यक्ष मोहन बेल्बासे, सदस्यहरु पार्वती आचार्य, नारद कोहार लगायतको रोहबरमा महासंघको कार्यालयमा यादव उपस्थित भई माफी मागेका हुन् ।
प्रप्रअ यादव, लेखा अधिकृत प्रकाश गौतम लगायतका मायादेवी गाउँपालिकाका कर्मचारीको उपस्थितीमा यादवले माफी मागेको पत्रकार नारद कोहारले बताए ।
मायादेवी गाउँपालिकामा हुने गरेका अनियमितता र कर्मचारी ब्यबस्थापन फितलो भएको भन्दै पालिका भित्रै तिब्र असन्तुष्टि पैदा भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव स्वयम् भ्रष्ट र अनियमित क्रियाकलापका कारण सिङ्गो गाउँपालिका बदनाम बन्न लागेको भन्दै पालिकामा कार्यरत कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित सबै निकायको ढोका ढकढक्याउन विवश भएका छन् ।
पत्रकार बर्माले प्रमुख प्रशासकीय अधिकृत यादवले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको बताएका छन् । दर्ता नम्बर ५८१६ रहेको सो आवेदनमार्फत बर्माले तथ्य सूचना नदिएकाले उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
पत्रकार बर्माले गाउँपालिका भित्र आव २०७८÷७९ को खाजा, इन्धन खर्च, घरभाडा, विभिन्न तालिममा गरेको खर्च लगायतका खर्चहरुको बारेमा समाचार संकलनका निम्ति सुचना माग गरेका थिए । यादवले माफी मागेपनि सूचना यथासंभव छिटो आफुले पाउनुपर्ने धारणा बर्माले राखेका छन् ।
उनले २०७९ असार ३१ मा सुचना माग गर्दै गाउँपालिकाको कार्यालय, प्रशासन कार्यालय र राष्ट्रिय सुचना आयोग समक्ष निवेदन दिएका थिए । पशुशाखामा कार्यरत यादव (कनिष्ट)लाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर कामकारवाही संचालन गर्दा पालिकाका आंशिक कर्मचारी रुष्ट रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

