पर्सा २९ मंसिर
पर्साको कालिकामाई गाउँपालिका वार्ड नम्बर ५ बिरंचीबर्वामा रहेको नेपाल रास्ट्रिय प्राथमिक बिधालयमा नयाँ भवनको लागि अाज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुजापाठ गरि शिलान्यास गर्नु भएको छ। गाउँपालिकाको सहयोगमा नेराप्राबी बिरंचीबर्वामा दुई कोठे भवन निर्माणको लागि १८ लाखको लागतमा बिधालय भवन निर्माण हुन लागेको गापा अध्यक्ष गुप्ताले बताए । सिलान्यास कार्यक्रममा वडा अध्यक्ष जय नारायण प्रसाद कुर्मी, सदस्य प्रमोद गुप्ता लगाए धेरै जनाको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

