Rashtriya Dainik

नेपाली कांग्रेस सुस्ता २ वार्ड कार्य समितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , २८ मंसिर

नेपाली कांग्रेस सुस्ता गाउपालिका वडा नम्बर २ वार्ड कार्य समितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम बुधबार कुडियाको थारु टोलमा सम्पन्न भएको छ ।

वडा कार्य समितिका सचिव अनिल कुमार महतोको ममतामयी हजुर आमा ७४ बर्षिय भागमति देवी महतोको यही मङ्सिर २० गते भएको असामयिक निधनको ९ औँ दिनको पुण्य तिथिको अवसर पारि उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

वडा कार्य समितिका सभापति रामवध गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य प्रकाश न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले स्वर्गिय महतोको निधनले एक योग्य कृयाशिल सदस्य गुमाएको धारणा राख्नुभयो ।

सो अवसरमा नेपाल महिला संघ क्षेत्रिय सभापति विमला देवी उपाध्याय, नेपाली कांग्रेसका युवा नेता तारा प्रसाद न्यौपाने लगायतले शोक मन्तब्य राख्नुभएको थियो । उक्त सभामा नेपाली कांग्रेसका वडाका नेता कार्यकर्ता, शुबेच्छुक लगाएत परिवारजनको उपस्थिती रहेको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश सभाका नव निर्वाचित प्रदेश सदस्य देव करण कलवार र क्षेत्रिय सभापति मुकुल कुमार आचार्यले छुट्टा छुट्टै प्रेस विज्ञप्ती जारी गरि स्वर्गिय महतोको निधनले आफु र समग्र पार्टी पङक्ती दुखी भएको बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित