Rashtriya Dainik

नवलपरासीको बर्दघाट टिसियन चोकबाट प्रहरीले अवैध मोबाइल बरामद

अारपि उपाध्याय / नवलपरासी , २८ मंसिर पश्चिम नवलपरासीको बर्दघाट टिसियन चोकबाट प्रहरीले अवैध मोबाइल बरामद गरेको छ । मङ्गलबार दिउसो करिब १ बजेतिर ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक विरेन्द्र केसिको कमाण्डमा खटी गएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित टिसियन चोक नजिकै लुकाई छिपाई लु २ ख ७५६ नम्बरको बसमा राखिएको एक सय पिस मोबाइल बरामख गरेको हो । उक्त बरामद मोबाइल थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी गराएको छ । कुल प्याड कुल १२ ए एन्ड्रोइड स्मार्टफोन १ सय थान बरामद गरेकोमा उक्त फोन १७ लाख मुल्य बराबर रहेको समेत प्रहरीले बताएको छ । बर्दघाटको टिसियन चोकबाट रात्रिको समयमा ठूलो परिमाणको अवैध कारोबार हुने गरेकोमा प्रहरीले सूक्ष्म अनुसन्धानबाट केहि अवैध सामाग्री बरामद भएपनि ठूलो कारोबारीहरु अदृश्य रहनुलाइ थप चुनौती बनेको श्रोतले दाबी गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित