Rashtriya Dainik

अपांग दलित र एकल महिलालाई वल्याङकेट वितरण

उत्तमकुमार थापा /बझाङ
छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ द्वारा अपांग दलित र एकल महिलालाई वल्याङकेट वितरण गरिएको छ ।

जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ ले चिसाे बढेको भन्दै गरिव विपन्न सहित दलित परिवार सहित अपांगहरुलाई २५ वटा वल्याङकेट वितरण गर्नु भएको हाे । आज वडा नम्बर १ का विभिन्न बस्तीहरुमा वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह सहित सदस्यहरु र वडा सचिव सहितको टाेलीले घरघरमा गएर वितरण गर्नु भएको थियाे ।

वडा नम्बर १ काे आर्थिक सहयाेगमा २५ जना गरिव विपन्न अपांगलाई चिसाे हटाउन वितरण गर्नु भएको थियाे । जसमा जिउली झुट्याडा मटेला,परिङ्गाल र गुरायलथाम कापडी गाउँमा गएर वितरण गर्नुका साथै वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह ब्याक्तिगत रुपमा प्रत्येकलाई पाँच सयका दरले आर्थिक सहयाेग पनि गर्नु भएको थियाे । यसपालि वडा वाट कम बजेट भएको कारण धेरैलाई समेट्न नसकेको र आगामी बर्ष छुटेकालाई सहयाेग गर्ने अध्यक्ष सिहले बताए । सहयाेग पाउनेमा नम्बर १ का सिन्की अाेढ पारु सार्की शिवहरी बिष्ट सुमित्रा कठायत एकल महिला बिष्णा गिरी नन्नमति गिरी प्यारी गिरी अपांग भगवती गिरी लगाएत २५ जनालाई बितरण गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित