संजय कुशवाहा / नवलपरासी २८ मंसिर
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.यन चोक स्थितबाट १७ लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मंगलबार पुर्व-पश्विम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २ ख ७५६ नम्बरको यात्रुवहाक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा ५ वटा प्याकेटमा लुकाई छिपाई राखेको १७ लाख मुल्य बराबरको १ सय थान Coolpad Cool 12A Android Smartphone नामको मोवाईल बेवारिसे अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको हो ।

बरामद लिईएको उक्त मोबाइल बुधबार आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

