Rashtriya Dainik

नवलपरासीमा खुल्दै ‘अतुल्य स्टिल उद्योग’, फलामे डन्डी, वायरदेखि पाइपसम्म उत्पादन गर्ने

नवलपरासी , २८ मंसिर

अर्थतन्त्रमा देखिएको संकटले बजारमा माग घटेपछि सञ्‍चालनमै रहेका स्टिल (डन्डी) उद्योगहरु संकटमा परिरहेको बेलामा नवलपरासीमा नयाँ स्टिल उद्योग सञ्‍चालनमा आउने भएको छ ।

पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वार्ड नम्बर ३ मा फलामजन्य सामाग्रीहरु उत्पादन गरी २० मंसिरमा उद्योग विभागमा अतुल्य स्टिल्स प्रालि दर्ता भएको छ ।

यस स्टिल्स उद्योगमा २० करोड ८४ लाख रुपैयाँ चालु पुँजी र २९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी गरी कुल ५० करोड लगानी हुने उद्योग विभागले जनाएको छ ।

शतप्रतिशत स्वदेशी पुँजी लगानी हुने यस उद्योगबाट फलाम तथा स्टिलका एक दर्जनभन्दा बढी प्रकारका सामाग्री उत्पादन हुने बताइएको छ ।

यस उद्योगबाट वार्षिक एक लाख मेट्रिक टन टिएमटी रड, ७५ हजार मेट्रिक टन वायर रड, ७५ हजार मेट्रिक टन च्यानेल एंगल, स्क्वायर, फ्ल्याट तथा स्ट्रिप, २५ सय मेट्रिक टन एचबी वायर, ४५ सय मेट्रिक टन रिबबेड वायर, १५ सय मेट्रिक टन एंगल्ड वायर उत्पादन हुने बताइएको छ ।

यस्तै, उद्योगबाट ३६ हजार ५ सय मेट्रिक टन जिआई वायर, १४ सय मेट्रिक टन बारबेड वायर, १५ हजार मेट्रिक टन गेबिअन वायर तथा गेबिअन बक्स, १० हजार मेट्रिक टन वायर मेश, १५ सय मेट्रिक टन नेल, ५ सय मेट्रिक टन नट-बोल्ट, ५ सय मेट्रिक टन स्प्रिङ, हजार मेट्रिक टन पीसी वायर र १० हजार मेट्रिक टन एमएस पाइप उत्पादन हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित