राष्ट्रिय दैनिक / नवलपरासी , २८ मंसिर
स्वास्थ्य क्षेत्रमा प्रतापपुर गाउपालिका प्रभावकारी रुपले अगाडि बढेकाे प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भएको छ।

किशोरीहरूको रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा कार्यक्रममा बाेल्दै घिमिरेले स्वास्थ्य क्षेत्रकाे लागि गाउँपालिकाले अावश्यकता अनुसार बजेट बिनियाेजन गर्दै अाएकाे छ र अाउने दिनमा स्वास्थ क्षेत्रलाई झन प्रभावकारी बनाउन याेजनाबद्ध रुपमा अगाडि बढने लक्ष्य लिएकाे बताउनु भयाे । अामनागरिक स्वस्थ्य हुनु नै हाम्राे स्वास्थ्य संस्थाहरुकाे उपलब्धि रहने भएकाेले प्रतापपुरका स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा सुबिधाहरु अामजनता समक्ष पुर्याउनुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाकाे वडा नम्बर ५ काे गणेश माध्यमिक बिद्यालय बसहियामा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा कार्यक्रम गरिएको छ ।
Leucodex syrup ,leucopils tablet, र kaisor gugul गुठी परसौनी आयुर्वेद अौषधालले वितरण गरेको प्रतापपुर आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनुभयो ।

कार्यक्रममा अायुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्रा ,गणेश माध्यमिक बिद्यालय बसहियाका प्र. अ.अभिन्दन सिंह लगायतले रजस्वला र पाठेघर सम्बन्धि उपचारात्मक सेवाबारे धारणा राख्नु भएकाे थियाे ।
अाुर्वेद शाखाले लामाे समय देखि निशुल्क अाैषधि बितरण तथा जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

