Rashtriya Dainik

नवलपरासीको बर्दघाट नगरपालिकामा निःशुल्क छाला राेग पहिचान शिविर

नवलपरासी , २७ मंसिर

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा निःशुल्क छाला राेग पहिचान शिविर संचालन गरेको छ।

नगरपालिकाले नगरवासीहरुको स्वास्थ्य समस्याप्रति जिम्मेवार भएर लागि परेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

नगरका हरेक नागरीकहरुलाई सर्वसुलभ तरीकाले सबै प्रकारको स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने लक्ष्य अनुसार अहिले नगरका विभिन्न स्थानमा निःशुल्क छाला रोग शिविर संचालन गरीएको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाको आयोजना र आई.एन.एफ.नेपाल हरियो खर्क अस्पताल पोखराको सहकार्यमा शुरु भएको तिन दिने निःशुल्क छाला पहिचान स्वास्थ्य शिविरको समुद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

बर्दघाट वडानम्वर ११ का वडाध्यक्ष फणीन्द्र चौधरीको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको शिविर समुद्घाटन कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली,कृष्णहरि पौडेल,गोपाल पाण्डे,सिता शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर ११ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र भगजोगनीमा आज शिविरको समुद्घाटन गरीएको थियो भने भोली वडा नं. १५ को आधारभुत स्वास्थ्य सेवा केन्द,सेन्टर प्लटमा र पर्सी वडा नंवर १२ को आधारभुत स्वास्थ्य सेवा केन्द्र,कुसुम चोकमा पनि उक्त शिविर संचलन गर्ने तयारी गरीएको आई.एन.एफ.नेपाल हरियो खर्क अस्पताल पोखराका सामुदायिक आउटरिच कार्यक्रम प्रबन्धक ताराह्याङ्ग राईले बताउनु भएको छ ।

आज वडा नं. ११ भगजोगनीमा संचालन भएको शिविरमा १ सय ९२ जना ब्यीक्तहरुले चेकअप गराएकोमा २ जना ब्यक्तिमा शंकास्मत कुष्ठरोगको लक्ष्ण फेला परेको शिविरमा खटिनुभएका वरिष्ठ छाला तथा कुष्ठरोग विषेशज्ञ डा.प्रकाश कार्कीले बताउनु भएको छ । शिवरमा सेवालिनेहरुलाई निःशुल्क औषधीको ब्यवस्था समेत गरीएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित