नवलपरासी , २७ मंसिर
दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको २५ औं वार्षीक साधारण सभा तथा १० औं अधिवेशनवाट पुनः देवि पौडेल अध्यक्षमा निर्वाचीत हुनु भएको छ ।
संस्थाको दशौ नेतृत्वका लागि अध्यक्ष्ँ देवि पौडेल,उपाध्यक्ष्ँ लक्ष्मी शर्मा र सचिव लक्ष्मी बर्ताैलाले अध्यक्षको दावि गरेपछि सहमतिमा पुग्न नसकेपछि भएको निर्वाचनमा
अन्तत् संस्थाको अध्यक्षमा पुनः देवि पौडेल नै निर्वाचीत हुन पुग्नु भएको छ ।

निवार्चनको प्रक्रियामा जाँदा तिनै जनाले उमेदवारी दिएपनि अन्तमा लक्ष्मी बर्ताैलाले आफ्नो उमेदवारी फिर्तालिए पछि अध्यक्षमा देवि पौडेल र लक्ष्मी शर्मा विच भएको निर्वाचनमा पौडेलले ४८मत र शर्माले १३ मत प्राप्त गर्नु भएको थियो ।
उपाध्यक्षमा रजनि वस्नेत निर्विरोध निर्वाचीत हुनु भएको छ भने कोषाध्यक्षमा विष्णु मौरती र शुसिला देवकोटाको उमेदवारी परेपनि शुसिला देवकोटाले आफ्नो उमेदवारी फिर्ता लिएपछि बिष्णु मौरती निर्वाचीतहुनु भएको थियो भने सचिवमा रिना गुरुङ्ग निविरोध निर्वाचीत हुन सफल हुनु भएको छ ।
त्यसैगरी सदस्यमा निर्विरोध निर्वाचीत हुनु भएको छ भने लेखा समिति संयोजकमा चन्द्रकला सापकोटा पनि निर्विरोध निर्वाचीत हुनुभएको छ । लेखा समितिको दुई सदस्य पदका लागि दुर्गा थापा,मञ्नु लामिछाने र शान्ति अधिकारीको उमेदवारी परेपछि भएको निर्वाचनमा ५० मत प्राप्तगरी दुर्गा थापा र ४५ मत प्राप्तगरी मञ्जु लामिछाने विजयी हुनु भएको छ । शान्ति अधिकारीले ७ मत प्राप्तगरी पराजित हुन पुग्नु भएको निर्वाचन मण्डलकी सदस्य दर्या दर्लामीले जानकारी दिनु भएको छ ।
सोमवार भएको उक्त प्रतिनिधिमुल निर्वाचनमा ६४ मत खसेकोमा १ मत बदर र ६३ मत सदर भएको थियो ।

२०५६ सालमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ताभएर आफ्नो सेवा शुरु गरेको यस सहकारीमा अहिले २ हजार १ सय ५९ जना महिला शेयर सदस्यहरु रहेका छन । भने ७ जना कर्मचारीहरु त्यस संस्थामा कार्यरत रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

