Rashtriya Dainik

बैकुण्ठापुर स्थित भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम बढ्दै

राष्ट्रिय दैनिक / नवलपरासी , २७ असाेज

पश्चिम नवलपरासीको हुलाकी राजमार्ग अन्तर्गत रामग्राम ८ बैकुण्ठापुर स्थित भत्किएको पुल हालसम्म मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढेको छ ।

हुलाकी राजमार्गमा पर्ने पुरानो पुल गत बर्ष नै भत्किएको भए पनि ठेकेदारले सो पुल मर्मत सम्भार वा पुर्ननिर्माण नगर्दा दुर्घटना जोखम देखिएको हो ।

विगत पाँच बर्ष देखी हुलाकी राजमार्ग निर्माण कार्य भईरहेको छ । तर सम्बन्धित ठेकेदारले बेलामा त्यसै पुलबाट काम चल्ने भन्दै वेवास्ता गदा पुलको यस्तो अवस्था भएको स्थानीय बताउँछन् ।

राजमार्गको निर्माणक्रममा प्राविधिक र ठेकेदार दुबैले वेवास्ता गर्दा जनतालाई सास्ती खेप्न परिरहेको छ । पुल भत्किएकै बर्ष दिन हुन लाग्यो तर बनाउने कार्य भएको छैन् ।

स्थानियले भन्दा भन्दै प्राविधिक र ठेकेदारले अटेरी गर्दै छेउबाट डाइभर्सन त बनाएका छन तर गतिलो डाईभर्सन नहुदा मोटरसाईलक चलाउने त्यहीपुल भएर जाने गरेका छन् ।

यसले दुर्घटना हुन सक्ने खत्तरा छ । ठेकेदारले डाईभर्सन राम्रोसंग बनाई दिनका लागि भनिएको छ,तर सुनुवाई नभएको स्थानीयले गुनासो गरे । हुलाकी सडकको भत्किएको पुल जोखिमयुक्त भएको भए पनि नगरपालिकाले खासै वास्ता गरेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित