उत्तमकुमार थापा /बझाङ
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ काे सुतारी गाउँका प्रकाश खत्री तरकारी खेती गर्दै आईरहनु भएको छ ।
विगत लामाे समय देखि तरकारी खेती गर्दै आउनु भएका खत्रीले २०५४ सालमा सुरु गरेकाे तरकारी खेती अहिले ठुलाे मात्रामा फैलिएको पाईन्छ । तरकारी खेती आफ्नै लगानीमा २०५४ सालमा २४ रुपैयाँ बाट सुरु गरेका खत्रीले अहिले २५ देखि ३० लाखौंको तरकारी वारि बनाउन सफल हुनुभएको बताए ।
गाउँपालीकाकाे सुतारीगाउँ आफ्नै घरको करिव ४० हेक्टर जग्गामा अहिले उहाँको तरकारी खेती रहेकाे उहाका भतिजा सपु खत्रीले बताए । गाेपाल फलफूल तथा तरकारी फार्म र जङ्गे तरकारी फार्म अहिले सञ्चालनमा रहेका छन । कृषक प्रकाश खत्रीले तरकारी खेतिमा निकै सघर्ष गर्नु भएको छन । उहाले अहिले बार्षिक १० लाख आम्दानी गर्ने गरेकाे बताए । तरकारी खेति बाट आफुले बच्चा बच्चिलाई पढाउन सकेको र सबैलाई बेरोजगार बस्नु भन्दा तरकारी खेतीमा लाग्न अनुराेध गर्नु भएको छ । साथै खत्रीले भन्नू भयाे याहाँ वास्तविक कृषकले अनुदान पाउदैनन नेताका आसेपासे र पहुँच पावर भएकाले मात्र पाउने भएको कारण हामी जस्ता गरिखाने कृषकले नपाएको गुनासो गर्नुभएको छ । प्रकाश खत्रीले कृषि ज्ञान केन्द्र बाट राष्ट्रपति कृषि पुरुषकारद्वारा सम्मान पाउनु भएको हाे ।

करिव २५ रुपैयाँ बाट प्याजकाे बाेटी किनेर सुरु गरेको तरकारी खेतीले आफुलाई प्रशस्त खान पुगेको ताजा तरकारी खान पाएकाे र अहिले महिनामा २० देखि ३० हजारको आम्दानी हुने गरेकाे खप्तड छान्नाका विभिन्न विद्यालयमा दिवा खाजा खाने विद्यार्थीकाे तरकारीकाे लागि पनि काम लागेको र आफ्नो तरकारीले बजार पाएकाे बताउदै, आफुलाई स्थानीय सरकार खप्तड छान्नाले केही सानाे सहयाेग गरेकाे हाे भने , जिल्लामा रहेकाे आलुजाेन कार्यक्रम मार्फत आफुले अनुदान पाउनु पर्छ भन्ने चेतना जागेको र आलुजाेन बाट पानी जम्मा गर्ने ट्याङ्की बनाएको र केही टर्नेलहरु पनि रहेको बताए । अहिले तरकारी खेतिमा ११ वटा टर्मिनल रहेको भन्दै आफुले चाहे अनुसारको सम्वन्धीत निकायले सहयाेग नगरेको दुखेसो पाेख्नु भएको छ । वास्तविक कृषकले अनुदान नपाउँदा तरकारी खेती गर्न अलि असहज हुन थालेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

