Rashtriya Dainik

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरकी लक्ष्मी पाण्डे चयन

काठमाडौं , २७ मंसिर

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन् ।

धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाउने छ । महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन । कोषाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार चयन भएकी छन । दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गरेको पाण्डले बताइन् । काठमाडौंको प्रज्ञा भवनमा जारी पहिलो अधिवेशनले ३७ सदस्य रहेको नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित