नवलपरासी , २७ मंसिर । पश्चिम नवलपरासीका खोलाहरुबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरुमा बैधानिक रुपमा ठेक्का लाग्न अझै बाकी रहेपनि स्थानिय गिट्टीबालुवा तस्करहरु दिनरात अवैध उत्खनन गरि नदीजन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि विक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानिय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मिस्कट, भस्कट निकाली विक्री वितरण गरिहेको स्थानियले आरोप लगाएका छन् ।
जिल्लाका नदीहरुमा यसरी व्यापक रुपमा अवैध उत्खनन भैरहेपनि नत्र प्रहरी प्रशासनले रोकेको छ नत्र जिल्ला समन्वय र पालिकाहरुले नै रोकछेक गरेका छन् । खोला तस्करहरु नदीबाट दिनहुँ सोझै करिब १०० ट्राली नदीजन्य पदार्थ निकाली विक्रीवितरण गरिहेका छन् । अधिकांश खोला तस्करहरुले निकाले अवैध पदार्थ ठाउँठाउँमा स्टक गरि चाँग पनि लगाएका छन् तर यस्तालाई नियमन गर्ने ठाउँमा सम्बन्धित नियकाहरु मुखदर्शक बनि तमासा देखिरहेका छन् । यसरी दिनहुँ लाखांै रुपैयाको राजस्व गुमिरहदापनि सम्बन्धित निकायको आँखा किन नपुगीरहेको? भनि रामग्राम १५ का स्थानिय बबुल्लाह मिँयाले प्रश्न गरे । उनले भने, डिघवल घिनहाँ हुदै बगेको तुरिया खोलामा दिनहुँ व्यापक मात्रामा भस्कट, बालुवा निकासी भैरहेछ तर वडा, पालिका र प्रहरीले कुनै रोकछेक गरेको पाईदैन । के यसमा उनीहरुको मिलोमतो हो? भनि आशंका व्यक्त गरे । 
यस्तै नारायणी नदी र तुरिया, झरही खोलाहरुमा अरु खोलाभन्दा बढि मात्रामा अवैध रुपमा नदीजन्य पदार्थहरु चोरी भैरहेको स्थानिय भन्छन् । जिल्लाका यि खोलाहरुमा आईई गरेर बैधानिक रुपमा ठेक्का आव्हान गरि खोलाको ठेक्का लगाउन पालिकाहरु पनि ढिलाई गरिरहेका छन् । खोलामा ठेक्का नलागेकै कारण चोरी तस्करी बढेको स्थानियको निस्कर्ष छ । खोलाबाट अवैध रुपमा जथाभावी उत्खननले बन बिनाश, खोलाको श्रोत मासिने, ठुला ठुला खाल्डाहरु हुने र बर्षामा बाढीको जोखिम बढदै जाने स्थानियको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

