Rashtriya Dainik

लघुवित्तिय संस्था विरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

राष्ट्रिय दैनिक / नवलपरासी , २६ मंसिर

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा
लघुवित्तिय संस्थाहरु विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

बाँचौ, बचाऔँ र अघि बढौँ लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा एकजुट हौँ भन्ने मुल नाराका साथ साेमबार दाेस्राे भेला तथा विरोध प्रदर्शन गरिएको हो ।

लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपालको आयोजनामा परासी बजार देखी सुरु भएको नारा जुलुस सहितको कार्यक्रम जिल्ला प्रशान गेड अगाडि पुगी कोणसभामा परीणत भएको थियो ।


कोण सभामा विपन्नको नाममा सोषण भएको गुनासो पिडितहरुले गरेका छन् । उनिहरुले लघुवित्तका कर्मचारीहरुले घर आएर धम्की दिँदा आफूहरु असुरक्षित भएको गुनासो राखे । एकातिर लघुवित्तिय संस्थाहरुको डर,त्रास छ अर्कातर्फ मिटर ब्याजिले देखाउने हर्कतले आफुहरु अशुरक्षित भएको उनिहरुको भनाई छ ।

नवसामन्तीको रुपमा लघुबित्तिय संस्थाहरु खारेज गर, लगाइएको सामुकि रिण मिनाह गर, किसानलाइ निशुल्क रिण प्रदान गर, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका माग गर्दै विरोध प्रदर्शन गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित