Rashtriya Dainik

उद्योगले प्रदुषण फैलिएको भन्दै नवलपरासीका राजनैतिक दलद्वारा अाप्पति

नवलपरासी , २६ मंसिर

पश्चिम नवलपरासीको सदरमुकाम परासी आसपासका उद्योगधन्दाले प्रदुषण फैलाएको भन्दै जिल्लाका राजनैतिक दलले प्रशासनको ध्यानआर्कषण गराएका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई भेटि जिल्लाका क्रियाशिल राजनैतिक दलहरुले रामग्राम भित्रका विभिन्न उद्योगले जनजिवनमै असर पारेको भन्दै समस्या समाधानको लागी ध्यानआर्कषण गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा बसेको सर्वदलिय बैठकपछि प्रमुख जिल्ला अधिकारीको ध्यानआर्कषण गराईएको हो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको समयमा जिल्लालाई प्रदुषण मुक्त गर्ने शर्त अनुरुप सहमति भएप्नि उद्योगीले अटेरी गरेको प्रति नियमानुसार कारवाही गर्न आग्रह गरिएको छ । जिल्लालाई प्रदुषणमुक्त बनाउने पहिले नै गरिएको सम्झौता अनुसार कार्य गर्न माग गर्दै समयमा माग पुरा नगरे बाध्य भएर कारखाना विरुद्ध आन्दोलन गर्ने चेतावनी दिईएको छ ।

जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी पेपर मिल र रामग्राम १७ मा रहेको अरुणा डिस्टिलरीबाट निस्किएको फोहरले वातावरणमा प्रतिकुल असर परेको भन्दै जनता समाववादि पार्टि जसपाले विरोध जनाएको थियो ।

रामग्राम १७ को अरुणा डिस्टिलरीले भने उद्योग बाट प्रदुषण फैलिएको कुरा झुटो भएको दाबी गरेको छ ।

आफुहरुले उद्योगमा फोहोर प्रशोधन गर्ने प्लान्ट लगाएको र त्यस विषयमा कोहि पनि स्थानियले अप्ठ्यारो महसुस नगरेको बताउदै उद्योगका प्रबन्धक श्याम अग्रवालले यो राजनैतिक स्टन्ट मात्रै भएको टिप्पणी गर्नुभयो । प्रशासन, राजनैतिक दल पत्रकार लगाएतले खुल्ला रुपमा अनुगमन गरी वास्तविकता बुझेर मात्र टिप्पणी गर्न पनि उद्योगले आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित