Rashtriya Dainik

नवलपरासीबाट ६० क्विन्टल चिनीसहित तीनजना पक्राउ

नवलपरासी , २६ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवाबाट झण्डै ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनी नियन्त्रणमा लिइएको हो।

त्यस्तै अवैधरुपमा चिनी ल्याउने प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षीय धिरेन्द्रकुमार चौधरी, २० वर्षीय किरणकुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनीका रोशन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लु १ च ५९६३ र लु २ च ६५५३ नम्बरको पिकअपमा ल्याउँदै गरेको चिनीसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकालाई बरामद चिनी तथा गाडीसहित आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित