अारपी उपाध्याय / नवलपरासी , २६ मंसिर
त्रिबेणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनयी त्रिबेणी ६ पुर्वी नवलपरासीको २१ औँ बार्षिक साधारण सभा सोमबार त्रिवेणी धाममा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष तारा देवी पौडेलको अध्यक्षता तथा विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सहकारीको माध्यमबाट गरिबीलाई न्युनिकरण गर्न सकिने बताउदै उहाँले अब सहकारीहरुले सिप र ब्यवसायमुलक कार्यप्रति विशेष ध्यान दिएर आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा त्रिबेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण प्रसाद गौतम, साना किसान कृषी सहकारी संस्थाकी प्रबन्धक सरिता शर्मा, चिरञ्जिवी ढुंगाना, शोभा क्षेत्री, आरपि उपाध्याय, कमला पाण्डे लगायतले संस्थाको गतिविधिमाथी प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा संस्थाकी अध्यक्ष पौडेलले अध्यक्षको प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समतिका संयोजक सरस्वती भट्टराईले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै आर्थिक बर्ष २०७८, ७९ को आय ब्यय विवरण प्रस्तुत गर्दै संस्थाकी कोषाध्यक्ष दिपा रायमाझीले यस संस्थाले ५ करोड ७४ लाख ४९ हजार २ सय २८ रुपिया बराबरको आर्थिक कारोबार गरेकोमा २३ लाख शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
२०५९ सालमा स्थापना भएको यस संस्थामा ५ सय ६५ शेयर सदस्यहरु आबद्ध छन । विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ र ७ मा कार्यक्षेत्र रहेको यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सिपमुलक, कृषी लगाय उनीहरुको जिविकोपार्जलाई टेवा पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

