Rashtriya Dainik

परिवर्तनको लागि राजनीतिक समूहले नारायणी उपक्षेत्रीय अस्पतालमा गरे ध्यानाकर्षण

बिरगंज २६ मंसिर
परिवर्तनको लागि राजनीतिक समूहले आज नारायणी उप क्षेत्रीय अस्पतालमापर्सा पुगेर सेवाग्राहीहरुको समस्याको बारेमा निमित्त कार्यालय प्रमुख डा. खालिद हसन महेशसंग ध्यानाकर्षण गराइएको छ । नारायणी अस्पतालमा आउने बिरामीहरु समयमा डाक्टर ज्युहरु भेट नहुने तथा ल्याब पुर्णरुपले संचाल नहुने , अस्पतालको उचित सरसफाइ नरहेको प्रती ध्यानाकर्षण गराइयो यसका साथ साथै परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोेले उक्त समुहले नारायणी अस्पतालको सम्पुर्ण बेतिथीहरुलाई न्यूनीकरण गर्न सम्बन्धित निकाय सम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको छ । त्यसता समस्याहरुलाई समाधान गरि बिरामीहरुको सेवालाई सरल र सुविधा सम्पन्न तरिकाले उपलब्ध गराउन माग गरेकोछ । परिवर्तनको लागि राजनीति समुहका सलाउदिन अहमद , मुकेश द्विबेदी ,तनबिर , पैदल यात्री शेख मुन्ना श्याम गुप्ता , सन्दीप साह, उमाशन्कर गुप्ता ,नन्दलाल रौनियार लगायतको उपस्थिति रहयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित