कृष्णनगर, २६ मंसिर
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं १२ को वडा कार्यालय बाट सेवा प्रवाहका लागि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छl
जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविर बाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्णनगर नगरपालिकाले जानकारी गराएको छ l
वडा बाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए l
कृष्णनगर नगरपालिकाको १२ वटै वाडहरूमा सेवा प्रवाह घुम्ती शिविर संचालन हुने कृष्णनगर नगरपालिकाको प्रशासन शाखा प्रमुख राजेश मिश्रले जानकारी दिए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

