Rashtriya Dainik

शितलहरको जोखिम न्युनीकरणको पूर्व तयारीका बर्दघाट नगरपालिका

बर्दघाट – सम्भावित शितलहरबाट नगरवासीलाई जोगाउन बर्दघाट नगरपालिकाले विपद् पूर्व तयारी शुरु गरेको छ ।

आइतवार नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठक गरेर नगरले पूर्व तयारी सम्बन्धि छलफल गरेको हो ।

सो अवसरमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरबाट विपन्न समुदायलाई जोगाउने भुमिका खेल्नका लागि पूर्व तयारी शुरु भएको बताउदै सबै सरोकारवालाहरुलाई बोलाएर पुनः छलफल गर्नुपर्ने बताए ।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले शितलहरले बिपन्न समुदाय तथा पशु एंव बालीलाई समेत नोक्सान गर्ने उल्लेख गर्दै जोखिम नियन्त्रणको पूर्व तयारीमा सबै तह र तप्काबाट जुट्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले समेत धारणा राखेका थिए । उनले आगामी बैठकमा सामुदायिक वन तथा अन्य सरोकारवालासंग समन्वय बैठक समेत बस्ने बताए ।

बैठकमा बर्दघाट समितिका संयोजक तथा वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरी १६ का वडाका वडाध्यक्ष भिमकाजी गुरुंग विपद् ब्यवस्थापन समितिका फोकल पर्सन पुष्कर काफ्ले, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलगायत सहभागी थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित