Rashtriya Dainik

नवलपरासीको सुस्तामा झोलुङ्गे पुल अहिलेसम्म नबन्दा सुस्ताबासीलाई समस्या

नवलपरासी , २६ मंसिर । ठेकदारको चरम ढिलाईका कारण ७ बर्षमा पनि झोलुङ्गे पुल बन्न नसक्दा अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका छन । अहिलेसम्म पुल नबन्दा बर्षाको समयमा, गर्भवति महिला, विरामीलाई उपचार गराउन नेपाल नसकेर बाध्य भई भारतको विहार पुग्नु पर्ने बाध्यता छ नदीमा बाढिले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न नदी पारी जान, स्थानियलाई दैनिकि हाटबजार गर्न पारी जान निकै कठिनाई हुने सुस्ता बचाउन अभियानका प्रवक्ता रबिन्द्र जयसवालले दुख व्यक्त गरे ।

वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो । त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरि २७ करोड रुपैयामा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाई गर्दै ७ बर्षसम्ममा पनि अझै पिलड ठडयाउने र तार तान्ने कार्यमै अल्झिएको छ ।

पुल सम्पन्न गर्न पुलको जगका लागि कुल २ सय २० वटा पाईल धाँसि पाईलिङ्गमा ४ वटा ठुलो अग्लो टावर पिलर ठढयाईने छ भने १० वटा सानो पिलडमा फलामे टावर पिलर ठडयाई झेलुङ्गे पुल बाँधिने कार्य हुनेछ । जसमा जमिनमुनी पाईलिङ्गको सबै कार्य सम्पन्न भएको छ भने नदीको बिच धारमा रहेको एउटा पिलडको जमिन सतहदेखि माथि पिलडको रुपमा उठाउने कार्य बाकी नै रहेको छ । यता तयार पंखी सहितका १० पिलडहरु मध्ये ३ वटामा फलामे टावर ठडयाई होल्डिङ्ग तार झुडयाई सकेको छ । अझै ७ वटा पिलडमा फलामे टावर खडा गर्ने र अर्काे ४ वटा मुल पिलडहरुमा ठुलो अग्लो टावर खडा गरि पुल झुण्डाउने कार्य बाकी नैरहेको छ देखिन्छ । २ बर्षमा सन्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदारको चरम लापरवाही र आलटाल गर्ने कार्यले पुल सम्पन्न हुन सकेको छैन यसलाई छिटो सम्पन्न गराउन हामी पहल गर्ने प्रदेशसभा सदस्य देवकरण कलवारले बताए ।

ठेकदार कम्पनीले कहिले लेबर अभाव त कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउदै काममा ढिलाई सुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ७० प्रतिशत मात्र काम हुन सकेको छ । पुलमा ढिलाई देखेपछि पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चाँसो देखाएको छ । गाउँपालिकाले पुलको नियमित निरिक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेदा गर्दै आएको गाउँपालिका जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित