Rashtriya Dainik

नवलपरासी : प्रथम जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगितामा च्याम्पियन सिप २०२२ को उपाधि तिलोत्तमा तेक्वान्दो डोजाङ

नवलपरासी , २६ मंसिर

पश्चिम नवलपरासीको रामग्राम -१ सहुवाटिकरमा प्रथम जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । एस.एस तेक्वान्दो डोजाङको आयोजामा भएको प्रतियोगितामा च्याम्पियन सिप–२०२२ को उपाधि तिलोत्तमा तेक्वान्दो डोजाङले जितेको छ।

प्रतियोगितामा तिलोत्तमा डोजाङले ९ वटा मेडल सहित प्रथम भएको छ। ५ स्वर्ण पदक,२ कास्य र २ रजत पदक प्राप्त गरेका हुन् ।

प्रथम हेमन्त चौधरी ,अन्जना नेपाली ,अनुष्का तामाङ ,प्रकाश खाशु , ईभान्जली रणपाल र दोस्रो हुनेमा दिपिका कार्कि,रबिना तामाङ त्यसै गरि तेस्रो भिम थारु,पुष्प घिमिरे रहेका छन् । साथै तिलोत्तमा डोजाङ को जुनिएर खेलाडि हेमन्त चौधरी उत्कृष्ट खेलाडी भएका छन् । उक्त कुराको जानकारी यमुना थारुले दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित