Rashtriya Dainik

नवलपरासीमा उद्योगको दुर्गन्धित र विषाक्त पानीले जलचरण नष्ट भएसंगै आसपासका बस्ती दुर्गन्धित

नवलपरासी , २५ मंसिर ।

लुम्बिनी पेपर मिलबाट निस्किने फोहोर र दुर्गन्धित पानीले आसपासका बस्तीहरुमा प्रदुषण बढेको छ ।

नवलपरासीको रामग्राम नगरपालिका वडा १० नदवाँ स्थित उक्त पेपर मिलबाट निस्किने दुर्गन्धित पानीले आसपासका बस्तीमा प्रदुषण बढेको छ भने जलचरण नष्ट समेत भएको छ । पेपर मिलबाट निस्किने दुषित पानी विभिन्न कुलो, नाला हुदै सनई तालसम्म पुग्ने गरेको छ ।

दुषित र विषाक्त पानीले अन्नबाली, विभिन्न विरुवा, जलचरण नष्ट भैरहेको छ भने माछा पोखरीका माछा, खानेपानीमा समेत प्रत्यक्ष असर पर्ने गरेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तीमा उक्त दुर्गन्धित पानीले जनमानसको स्वास्थ्यमा समेत असर पर्ने गरेसंगै एतिहासिक नन्दन तालको जलचरण समेत नष्ट भैरहेको उल्लेख गरिएको छ ।

यता रामग्राम नगरपालिका १७ पटखौली स्थित अरुणा डिष्टिलरीको पनि दुर्गन्धित र विक्तात पानीले झरही खोलाको जलचरण नष्ट भईरहेको छ भने आसपासका बस्तीहरुमा प्रदुषण फैलिरहेको विज्ञप्तीमा उल्लेख छ ।

यसरी बढदो प्रदुषण न्युनिकरणका लागि नत्र उद्योगहरुबाटै कुनै पहल भएको छ नत्र स्थानिय प्रशासन एवं पालिकाहरु बाटै कुनै पहल भएको पाईन्छ ।

यो बढदो प्रदुषण रोक्न सम्बन्धित निकायलाई हारगुहार समेत गर्दै आइएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको जसपाका अध्यक्ष धरेन्द्र यादवले गुनासो गरे ।

यता उद्योगहरुले उक्त समस्याको दिर्घकालिन सामाधानका लागि कार्य भैरहेको दावी गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित