Rashtriya Dainik

रामग्राम नगरपालिकाले क्षयरोग खोजपडताल अभियान शुरु गर्ने

राज चाैधरी / नवलपरासी , २५ मंसिर

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको स्वास्थ्य शाखको आयोजनामा क्षयरोगको निशुल्क खकार परिक्षण शिविर सन्चालन गर्ने भएको छ।

नगरका महिला समुदायिक स्वयम सेविकालाई क्षयरोग जोखिम समुह तथा स्वास्थ सेवाको पहुच कम भएका समुदाय सकृय क्षयरोग खोजपडताल अभियान शुरु गर्न नगरको ५ स्थानमा क्याम्प नै स्थापन गरी क्षयरोग सम्बन्धी खकार जाँचको माईक्रोस्कोपिक क्याम्प संचालन बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य स्वयम सेविकहरुलाई क्षयरोग र त्यसको पहिचान गर्न सहयोग होस भन्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा खकार संकलन गर्नको लागि स्वयमसेविकहरुसंग समन्वय गरी गाउँगाउँ सम्म पुग्ने कार्यक्रम रहेको बताईएको छ ।

कार्यक्रममा बोल्दै रामग्राम नगरपालिका उपमेयर सम्झना चौधरीले कुनै पनि रोगलाई सामान्य सोचनु हुदैन समयमै उपचार गरे निको हुने रोग मानिसको हेलचेक्रयईले गर्दा बढ्दै जाने र पछि जटिल बन्ने वहाँको भनाई रहेको थियो ।

यसै कार्यक्रम अन्तरगत स्वास्थ्य शाखाबाट पालिकाको आयोजनामा यहि बुधबार २८ गते क्षयरोग छ, छैन भनेर पत्ता लगाउन कारागार लगायतका नगरका ५ स्थानमा निशुल्क खकार परिक्षण शिविर पनि संचालन हुने भएको छ ।

उक्त शिविरमा रामग्रामका सम्पूणर् बासिन्दालाई आ-आफ्नो खकार परिक्षण गरेर सेवा लिनुहुन अनुरोध गरिएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित