रवि पाण्डेय / नवलपरासी , २४ मंसिर
दिब्यज्योति मावि बर्दघाट–२ चिसापानीको आसपासको क्षेत्रलाई लक्षित गरेर सरसफाई कार्यक्रम गरिएको छ । बिद्यालयको क्षेत्र आसपासलाई शुन्य प्लाष्टिक बनाउने लक्ष्य अनुसार कार्यक्रम गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । उक्त अभियानमा बिद्यालय देखि चिसापानी चोक सम्म सरसफाई गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ , उपप्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले अभियानको लक्ष्य उद्धेश्य माथि प्रकाश पार्दै आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा वातावरण विद् निपेश ढाका, जिल्ला समन्वय समिति नवलपरासी बसुपका सदसय धनीराम चौधरी , बर्दघाट–२ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री , दिब्यज्योति माविका निमित्त प्रधानाध्यापक कल्पना ज्ञवालीलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

