रवि पाण्डेय /बर्दघाट ,२४ मंसिर – बर्दघाट नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार सम्पन्न गरिएको छ ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लैंगिक हिसांलाई सह्न नहुने बताउनुभयो । उहाँले पुरुषको तुलनामा महिला नै बढी घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको उल्लेख गर्नुभयो । उपप्रमुख उपाध्याय लैंगिक हिंसा न्युनीकरणको लागि समाजमा सवै क्षेत्रको प्रतिवद्धता हुनुपर्ने उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले फरक शैलीमा अभियान संचालन गर्दै आएको जानकारी दिनुभयो । सो अवसरमा मनोपरामर्शदाता खिमा रिजाल र संचारिका समुहकी अमृता अनमोलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी तर्फबाट बिष्णु वन लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महिला बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीले गर्नुभएको थियो। ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

