राष्ट्रिय दैनिक / नवलपरासी , २४ मंसिर
पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा शान्ति पदयात्रा तथा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ।

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३१ परासीकाे अायाेजनामा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकाे अवसरमा समुह ३१ परासीका संयाेजक सद्दाम हुसेन अन्सारीकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघ नवलपरासीकाे अध्यक्ष हरि शर्माकाे प्रमुख अातिथ्यतामा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बनेधन गर्दै नेपाल पत्रकार महासंघ नवलपरासीकाे अध्यक्ष शर्माले पत्रकार महासंघले मानव अधिकारकाे क्षेत्रलाई प्रमुख रुपमा राखेर लगिरहेकाे बताउनु भएको हाे । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसलाई दिवसमा मात्र सिमित नराखेर राज्य पक्षबाट मानव अधिकार हनन भएको खण्डमा संघ संस्थाले निगरानी र पैरवी गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो । एम्नेष्टी इन्टरनेशनल नेपालले मानव अधिकारकाे घटना घट्दा केन्द्रमा रिपोर्टिङ गर्ने र अन्तर्राष्ट्रिय संस्थाले प्रमुखताकाे साथ चासाे लिई हेरिरहेकाे बताउदै गाैतम बुद्ध शान्ति र मानव अधिकारकाे पक्षमा रहेकोले यश रामग्राम स्तुपमा याे दिवस मनाउनु महत्त्वपूर्ण पक्ष रहेको बताउदै कार्यक्रमकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै पिस क्लब इन्टररनेसनलका महासचिव बेचु गाैडले सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने बताउनुभयो । वहाँले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । संसारका सबै मानिसले सुरक्षाको प्रत्याभूति गरून् र भेदभावरहित, स्वतन्त्रतापूर्ण जीवन जिऊन सकून् भन्ने कुरा जाेड्दै मानव अधिकारमा स्वास्थ्य, आर्थिक समाजिक, शिक्षाको अधिकार पनि पर्ने कुरा राख्नुभएको थियोे ।

कार्यक्रममा उपकार समाज संस्थाका अध्यक्ष रन्जित शर्मा , राष्ट्रिय दलित पत्रकार संघ नवलपरासीको अध्यक्ष अभिशेष राव , पत्रकार ज्ञानेश्वर सहानी, अादित्य प्रजापति , फुलचन प्रजापति लगाएतकाे उपस्थिति रहेको थियोे

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३१ परासीकाे उप संयाेजक सुरज यादवकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सचिव उमेश कुमार बि.क ले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

