रामु भुसाल,नवलपरासी , २४ मंसिर
पछिल्लो समय विभिन्न संघ सस्था तथा सरकारी निकायहरुले शहरको सौन्दर्यकरण भन्दै आफ्ना नजिकका शहर बजारमा सरसफाई अभियान सञ्चलन गरिरहदा पश्चिम नवलपरासीका युवाहरुले स्वत.स्फुर्त रुपमा धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको सरसफाईमा चासो देखाएका छन ।
शनिबार जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढिपिडितका युवाहरुको एक टोलीले धार्मिक सम्पदालाई सरंक्षण र सौन्दर्यकरणका निमित्त पुर्बी नवलपरासीको धार्मिक धरोहरको रुपमा रहेको दाउन्नेदेवी मन्दिर परिसर लगाएत मन्दिर मार्गलाई समेत सरसफाई गरेका हुन ।
बाढिपिडित बस्ने युवा समाजसेवी राम कुमार ढुंगानाको नेतृत्वमा १५ जना युवाको समुहले उक्त सरसफाई कार्य गरेका हुन । नेपालका चर्चित धार्मिक सम्पदाको रुपमा रहेका मठमन्दिर तथा एतिहासिक स्थलहरु तर्फ सम्बन्धित निकायको ध्यान नजादा धार्मिक स्थल फोहोरले कुरुप बन्दै गएको र यसले गर्दा यस क्षेत्रमा आउने पर्यटक लगाएत तिर्थालु हरुमा समेत गलत सन्देश जाने हुदा आफुहरुले सरसफाई अभियान थालेको ढुंगानाले बताउनुभएको छ । विशेष गरि शनिबार महत्वको दिन सो क्षेत्रमा तिर्थालु लगाएत आन्तरिक पर्यटकको उपस्थिती बाक्लो हुने हुदा सबैमा सचेतनाको लागी उक्त अभियानको थालनी गरिएको उहाँले बताउनुभयो । साथै उहाँले यस किसिमको कार्यले सम्बन्धित सरोकारवाला र स्थानिय व्यापारीहरुको ध्यानाकर्षण भएमा सो तिर्थस्थल सुन्दर र फोहोरमुक्तको रुपमा परिचित हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्दिरमा हरेक बर्ष लाखौँको आम्दानी हुदा पनि मन्दिर ब्यवस्थापन समितिले फोहोर संकलन गर्ने डस्टबिनको पर्याप्त रुपमा ब्यवस्था नगरिदिदा उक्त क्षेत्र दुर्गन्धित हुदै गएको र यस तर्फ समितिले कुनै चासो नदेखाएको युवाहरुले गुनासो गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

