Rashtriya Dainik

रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि.काे २४ औं वार्षिक साधारण सभा सम्पन्न

महेश यादव / नवलपरासी , २४ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ गडाैरी स्थित महेन्द्र जनता माध्यमिक विद्यालयकाे प्राङ्गणमा रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि. काे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष विनाचल चमारकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती चमार ( हरिजन) काे प्रमुख अतिथतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा बाेल्दै प्रमुख अतिथि चमारले सहकारीले गरेको कार्यहरु सम्मानजनक रहेको बताउदै सहकारीमा आवद्ध सम्पूर्ण सेयर सदस्यहरुज्युले लिएको कर्जा सावाँ र व्याज सहित समयमै जम्मा गर्नुपर्ने आवश्यक रहेको बताएकि हुन । साथै सहकारीमा भएको शुद्ध नाफा सम्पूर्ण सेयर सदस्यज्यूहरुले नै पाउने भएकोले सहकारी संग सहकार्य गरि सबै जना मिलि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

२०७९ साल असाड मसान्तसम्म २८९ समुह अन्तर्गत ९३२ महिला र ७९३ पुरुष गरि १७२५ जम्मा सेयर सदस्य रहेको यश सहकारीले सदस्यहरुकाे ईमानदारीताकाे मध्यनजर गर्दै रु ५०,००० हजार र कुल मासिक बचतकाे ८० प्रतिशत विना धितो ऋण काराेबार गर्ने प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष चमारले बताए । साथै संस्थाले ४४,७५००० नाफा गरेको र अगामि वर्ष रु ८६,१७,५९८ खुद नाफा गर्ने लक्ष्य लिएको बताउनुभएको थियो ।

संस्थाका सञ्चालक समितिका संयाेजक कृष्ण जीवन तिवारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष छाेटेलाल गुप्त , वडा नम्बर -४ का वडा अध्यक्ष सुरेश यादव ,वडा नम्बर -५ का पुर्व वडा अध्यक्ष दिनेश सहानी , महेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक माेहम्द इरफान शेष लगाएतका अतिथिहरुले अ-आफ्नो मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम सञ्चालन सहकारीका व्यवस्थापक धिरेन्द्र प्रताप सिंहले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित