अारपी उपाध्याय / नवलपरासी , २४ मंसिर
गौड कहार समुदाय समिति एवं श्री शंकर मन्दिरको संयुक्त जिल्ला अधिवेशन विनयी त्रिवेणी गाउपालिकाको त्रिवेणी धाममा सम्पन्न भएको छ ।
गौड कहार सेवा समुदाय समितिका अध्यक्ष कमलेश्वर प्रसाद कोहारको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले कहार समुदायले जातिय पहिचानको लागी खेलेको भुमिका प्रशंसनिय रहेको बताउदै धर्म , र कर्मलाईै एक साथ अगाडी बढाए सम्मुन्नत समाजको निर्माण गर्न सकिने बताउनुभयो ।
सो अवसरमा समाजसेवी अनिल गौडले नेपाल भारतका गौड समुदायले श्री शंकर मन्दिर निर्माणमा खेलेको योगदानले धार्मिक जागरण गरेको बताउनुभयो ।
कार्यक्रममा रुपन्देही निवासी रामनरेश कोहार , भारत महाराजगञ्ज निवासी कमलेश गौड, आर.पी उपाध्याय लगायतले मनतव्य राख्नुभएको थियो। सो कार्यक्रममा कोषाध्यक्ष धुर्वनारायण गौडले ६ लाख ७६ हजार बराबरको आर्थिक आय व्यय बिबरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कहार समुदाय समेत र अन्य गरी १ दर्जन ब्यक्तिहरुलाई कदर पत्रले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । समुदायका सदस्य बैधनाथ गौडको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन समुदायका सदस्य रविन्द्र कुमार गौडले गर्नुभएको थियो ।
विनयी त्रिवेणी गाउँपालिकाले मन्दिरको बाउन्ड्री बाल निर्माणको लागि १० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी गराइएको थियो। कहार समुदायको जिल्ला अधिवेशनमा पश्चिम नवलपरासी,रुपन्देही र कपिलवस्तु जिल्लाका कहार समुदायका अग्रज व्यक्तिहरुको पनि उपस्थिति रहेको मन्दिर निर्माण समुदायका शिवनाथ गौडले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

