Rashtriya Dainik

भोलेनटीयर्स डेभलपमेन्ट अफ नेपालद्वारा लहानको तरकारी बजारमा सरसफाइ

महेश सिंह /सिरहा लहान २४ मंसिर – सिरहाको लहानमा डेभलपमेन्ट अफ नेपालका सयौं युवाहरुले स्व्च्छता अभियानमा जुटीएका छन्।लहानको तरकारी बजारबाट सुरु गरिएको सरसफाइ अभियान बजार भरि फोहोर उठाएका छन्।हाम्रो नगर सफा सुन्दर शहर भने मुल नाराको साथ सयौं युवाहरुले अभियानमा लागेका हुन्।

महिनौं दिन देखि थुपरिएको फोहर युवाहरुले उठाएका छन। सप्तरीका महादेवा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत दिलिप कुमार यादवको नेतृमा युवाहरुले अभियान सुरु गरिएका हुन्।वातावरण पदूषणबाट हुन् बाट रोकौ,अनावश्यक जथाभावी फोहोर मैला नफालौ,घर अगाडि फोहर हैन फुल रोपौ बाटो प्रदुषणबाट रोकौ,खाली जमिनमा बृक्षारोपन गरौं,फोहर ब्यवस्थापनमा लागौं भने दर्जनौं नाराहरु को साथ अभियानमा लागेका हुन्।

एक कार्यक्रमको आयोजना गरि लहान बजारलाई सफा र सुन्दर भनाउनमा टेवा पुगाउने गरिएका छन्। युवाहरुको अभियान सफलताको ओर जाओस् नेपाल पत्रकार महासंघ सिरहा शखाको अध्यक्ष मनोज बनैताले बताए।
युवाहरूको प्रयासले नै लहानको सरसफाइको बिकासमा टेवा पुग्छन् संचारकर्मी लाल बिहारी यादवले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित