Rashtriya Dainik

सुनवल वडा नं १ को वडा कार्यलय भवन शिलान्यास

नवलपरासी ,२४ मंसिर

पश्चिम् नवलपरासीकाे सुनवल नगरपालिका वडा नं १ वडा कार्यलय भवनको शिलान्यास गरिएको छ ।

नगर प्रमुख विमला अर्यालले शनिबार वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् ।

करीव ८० लाखको लागतमा बन्ने एकतले पक्की भवन २०८० अषाढ मसान्त भित्रै सम्पन्न गर्ने गरि काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

वडा अध्यक्ष मन बहादुर थापाले यश अघि वडा कार्यलयको भवन सुनवलको पुरानो गाबिसको भवनमा रहेकोले अफ्नो कार्यकाल वडाले आफ्नै भवनबाट जनतालाइ सेवा दिन पाउने बताए । उनले वडाको बिकासका निम्ति आफू निरन्तर लागि परेको बताए ।

सुनवल नगरपालिकाका १३ वडामध्ये ४ वटा वडा कार्यालय यस अगाडिनै वनिसकेको र ६ वटा यस वर्ष वन्ने र वाँकी सबै वडा कार्यालय आगामी वर्ष निर्माण गर्नेगरि नगरपालिका अगाडी वढेको नगर प्रमुख बिमला अर्यालले जानकारी दिइन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित