Rashtriya Dainik

अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते

अर्घाखाँची,२४ मंसिर – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ ।

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित