Rashtriya Dainik

बच्चालाई स्मार्ट बनाउन के गर्ने ?

आजभोलि बच्चाहरू घरमा अधिकांश समय डिजिटल स्क्रिनमा झुम्मिएका हुन्छन् । उनीहरू फुटबल र क्रिकेटजस्ता खेल पनि एपमार्फत खेल्छन् । यस्ता बच्चाका अभिभावकले उनीहरूलाई खुला मैदानमा दौडन प्रेरित गर्नुपर्छ । किनकि, शारीरिक गतिविधिमा संलग्न हुँदा उनीहरू स्मार्ट बन्छन् ।

– प्रकृतिमा समय गुजार्दा बच्चाहरू फिट रहन्छन् । मोटोपन र अल्छीपन हुँदैन र पढाइमा राम्रो गर्छन् ।
– खेलकुदमा लाग्नाले कल्पना शक्ति बढ्छ, जसले सिर्जनशीलता बढाउँछ ।
– उनीहरूले नयाँ–नयाँ खेल खेल्न सिक्नेछन् र नयाँ नयाँ साथीहरू बनाउनेछन् ।
– प्राकृतिक प्रकाशले शरीरमा ऊर्जा दिन्छ । जसले हड्डी बलियो बनाउँछ । हृदय रोग र मधुमेहको जोखिम कम हुन्छ ।
– मोबाइलमा झुम्मिँदा आँखाको ज्योति कमजोर हुने खतरा देखिन्छ । बाहिर खेल्न निस्कँदा यो समस्याबाट बच्न सकिन्छ ।
– बाहिर खेल्न निस्किएपछि अनिद्राको समस्या हटेर जानेछ । शारीरिक गतिविधिका कारण बच्चालाई मिठो निद्रा लाग्नेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित