Rashtriya Dainik

‘शैक्षिक गुणस्तरमा जोड दिदै नवलपरासीको बर्दघाट नगरपालिका’

रवि पाण्डेय / नवलपरासी , २३ मंसिर
– बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । उहाँले सिकाई उपलब्धिलाई ध्यान दिदै नगरले आगामी बर्षका शैक्षिक योजना बनाउने समेत उल्लेख गर्नुभयो ।
बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको शैक्षिक सत्र २०७८ को कक्षा ५ को उपलब्धि मापन परीक्षा नतिजा बिश्लेषण तथा भावी योजना निर्माण कार्यक्रममा बोल्दै उहाँले सबै सरोकारवालाहरुको प्रयत्न बाट मात्र सिकाई उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा शिक्षक र कर्मचारी संगै जनप्रतिनिधिहरु संगसंगै रहेको उल्लेख गर्दै कार्यक्रमले नयाँ कामको शुरुवात गरेको चर्चा गर्नुभयो । उहाँले ईच्छाले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउदै त्यसका लागि ईच्छा संगै लक्ष्य निर्धारण, सर्मपण र इमान्दारिता आवश्यक हुने बताउनुभयो । ‘ईच्छाले मात्र सफल हुने होइन त्यसका लागि लक्ष्य निर्धारण ,सर्मपण र इमान्दारिता आवश्यक छ – उहाँले सरोकारवालामा माझ भन्नुभयो – शुरुवात आफैमा राम्रो कुरा हो । सबै मिलेर लक्ष्यमा पुगौं ।’
कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव लोकराज पन्थीले बिश्लेषण माथिका प्रकाश पार्नुभएको थियो भने अधिकृत गोबिन्द शर्माले प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा धनपति पौडेलको संचालन रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित