राष्ट्रिय दैनिक / नवलपरासी , २३ मंसिर
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्री समाज नवलपरासीको महिला भातृ संगठनकाे अायाेजना र नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा रक्दान कार्यक्रममा सम्पन्न भएको हो ।

महिला भातृ संगठनकाे अध्यक्ष बिमला अाचार्यले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्वेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतकाेले रक्तदान जिवनदान भएकाले आफ्नो तर्फबाट एक थोपा रक्तदानले कसैको जीवन बाँच्ने भएका कारण सबै भन्दा ठूलो पुण्य हुने बताउनु भएको थियोे ।

कार्यक्रमको प्रमुख अातिथ्यता लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले गरेका थिए । महिला भातृ संगठनकाे अध्यक्ष बिमला अाचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्व जिल्ला कार्यसमिति अध्यक्ष मान बहादुर थापा, बरुण वेभेरजका प्रबन्धक पंकज गुप्ता, क्षेत्री समाजका बरिस्ठ उपाध्यक्ष मन्जु खत्रि, उपाध्यक्ष खरिका के.सि ,रामग्राम नगर कमिटीका अध्यक्ष नानू खड्का , नगर सल्लाहकार मनोज सिंह , सदस्य मिरा खत्रि ,कल्पना क्षेत्रि , जिल्ला अध्यक्ष मनोज कुमार कार्की लगाएतकाे सहभागीता रहेको थियोे ।

कार्यक्रममा २२ जनाले रक्तदान गरेकाे अध्यक्ष अाचार्यले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

