Rashtriya Dainik

मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३’ का लागि आवेदन खुल्ला

रंजीत शर्मा/ नवलपरासी ,२३ मंसीर।

पश्चिम नवलपरासीमा पहिलो पटक हुने राष्ट्रिय स्तरीयको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३’ का लागि आवेदन खुला गरिएको छ।

पी प्रोड्याक्सनको आयोजनामा सञ्चालन हुने यस प्रतियोगिताको कार्यक्रम संयोजक नुर आलम अन्सारी का अनुसार प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको बताएका छन् ।

मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३ प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक सबै उमेर समूहका प्रतिस्पर्धीहरुले यही डिसेम्बर ३१ तारिक सम्म राष्ट्रिय दैनिक डिजिटल पत्रिकाको आधिकारीक फेसबुक पेज तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै कार्यक्रम संयोजक नुर आलम अन्सारीको सम्पर्क नम्बर ९८००७६७१६७ मा सम्पर्क गरी समेत दर्ता गराउन सकिने छ।

आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै पहिलो पटक हुन गईरहेको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३ एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन कार्यक्रम संयोजक नुर आलम अन्सारीले आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित